जुम्ला – अखण्ड मध्यपश्चिमको माग गर्दै भएको आन्दोलनका कारण जुम्ला सदरमुकाम खलंगा तनावग्रस्त भएको छ ।
जुम्लामा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन्। प्रहरीले हानेको गोली लागेर निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष राजु महत घाइते भएका छन्। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। अश्रुग्याँस प्रहार गर्दासमेत प्रर्दनकारीहरुलाई नियन्त्रणमा लिन नसकेपछि प्रहरीले करिब ४० राउण्ड हवाइ फायर गरेको छ।