
धादिङ– धादिङ निर्माण व्यवसायी संघ अध्यक्षमा राजेन्द्र अधिकारी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न चौथो अधिवेशनबाट अधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् ।
संघको प्रथम उपाध्यक्षमा केशव सिलवाल (कमल), द्वितीय उपाध्यक्षमा बासुदेव जम्कट्टेल, महासचिवमा धर्मराज लोहनी, सचिवमा दिलिप पौडेल, कोषाध्यक्ष राजेन्द्र भण्डारी सर्वसम्मत भएका छन् ।
सदस्यहरुमा माथविरसिंह गिदेल मगर, बालकृष्ण श्रेष्ठ, ऋषि खतिवडा, जयराम रिमाल, राजकुमार अधिकारी, युनियन बन्जरा, चेतना थापा, संगिता सुवेदी, रामकृष्ण बसौला र रामप्रसाद ढकाल निर्वाचित भएका छन् ।