Fri. Feb 7th, 2025

प्रधानमन्त्रीको अमेरिका भ्रमणमा शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन पहिलो प्राथमिकता

काठमाडौं – सत्तारूढ दल नेकपा माओवादी केन्द्रले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुको विकल्प नरहेको जनाएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अमेरिका भ्रमणमा पनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने कार्यमा विदेशी निकायको सहयोग माग्ने विषय पहिलो प्राथमिकतामा रहेको उनले बताए । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याएर घोषणा गर्न बाँकी रहेको उनले उल्लेख गरे ।

“भ्रमणमा प्रधानमन्त्रीले मुख्य कुरा शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सहयोग माग्ने रहेको छ । शान्ति प्रक्रिया भनेको यो नेपालको मौलिक चारचोटिसम्म निर्वाचन भइसकेपछि एकप्रकारले भन्यो भने कानुनले निश्चित गर्न मात्रै बाँकी हो कि त्यो शान्ति प्रक्रिया त सफल भइसक्यो,” उनले भने, “शान्ति प्रक्रिया सुरु भइसकेपछि चारवटा निर्वाचन भइसके । यो धेरै ठूलो सफलता हो । तर, फेरि यति ठूलो सफलता हुँदाहुँदै पनि सेना समायोजन भइसक्यो । अरू काम भइसके । तर पनि यसलाई निस्कर्षमा पुर्‍याएर एकप्रकारले घोषणा गर्न बाँकी छ।”

सरकारले थालेका मिटरब्याजीलाई कारबाही गर्ने, सुन प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, बालुवाटार जग्गा प्रकरणका विषय टुंगोमा पुर्‍याउन माओवादीले दबाब दिएको छ ।

About The Author

अन्य समाचारहरु: