Fri. Dec 8th, 2023

१३ किलो गाँजाको धुलो (पोल्याण्ड)सहित धादिङबाट एक जना पक्राउ

धादिङ- अबैध लागु औषध गाँजाको धुलो (पोल्याण्ड) सहित धादिङमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।


थाक्रेको महादेवबेशीबाट काठमाण्डौ तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३३ प ७२७१ नम्वरको पल्सर मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकल चालक थाक्रे गाउँपालिका–३, मसिनो डाँडाका २४ वर्षका गणेश तामाङको साथबाट १३ किलो ६०० ग्राम गाँजाको धुलो फेला परेको हो ।


पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिबेसी नगरपालिका–६ आकाश भैरब पेट्रोलपम्प अगाडि मोटरसाइकल चेकजाँचको क्रममा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए । पक्राउ परेका तामाङमाथी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए

About The Author

Loading...

अन्य समाचारहरु: