
धादिङ-सदरमुकम धादिङबेसीस्थित नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको बालमन्दिर माध्यमिक विद्यालयले ५९ औं राष्ट्रिय बालदिवसको अवसर पारेर थ्रिफ्ट कार्यको सुरुवात गरेको छ ।
आफूले लगाएका लुगाहरु शरिरलाई फिट नभएको कपडाहरु विद्यालयमा भएको गरीब र असहाय विद्यार्थीको लागि सहयोग गरेका छन् । सहयोगको लागि गरेको कार्य थ्रिफ्ट कार्य हो ।
राम्रोसँग ढाक्ने लुगा नहुँदा अध्ययन लगाएत अन्य विविध पक्षमा असर परेको कारणले गर्दा यस कार्यको थालनी गरिएको बालमन्दिर माद्यमिक विद्यालयका प्रधानाध्यापक केवि राउतले जानकारी दिए ।
कक्षा ८ का विद्यार्थी भाइ बहिनीहरूले आफूलाई लगाउन सानो भएको तर लगाउन मिल्ने २३ जोर विद्यालय पोशाक विद्यालयमा हस्तान्तरण गरी यस कार्यको सुरुवात गरिएको थियो । गरीब र असाहाय विद्यार्थीको लागि अवदेखि हरेक शनिवार विहान ८ बजे थ्रिफ्ट कार्यक्रम संचालन गरिने विद्यालयले जनाएको छ ।
विद्यालयमा अध्ययनरत शिक्षक कर्मचारी अनि विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुमध्ये ९ सय ८६ जना विद्यार्थी र ३० जना सानो या ठुलो कपडा सफा गरेर सातको पहिलो दिनदेखि शुक्रबार सम्म विद्यालय प्रशासनमा बुझाउने र विद्यालय प्रशासनले शनिबार बिहान ८ बजे हाट बजार जस्तै गरी उक्त संकलित कपडा सबैको पहुँचमा हुने गरी ह्याङ्गरमा झुण्ड्याएर राख्ने प्रधानाध्यापक राउतले बताए ।
यसरी राखिएको लुगा सबै भन्दा बढि जसलाई आवश्यक पर्छ निशुल्क लैजान पाउने ब्यवस्था गरिएको पनि राउतले जानकारी दिए ।
यस शुभकार्यलाई विद्यार्थी भाइबहिनीहरुले शुरु गरेको छ । यस कार्यलाई निरन्तर दिनको लागि बाहिरी ब्यक्तिहरुले पनि आफ्नो सरसामानहरु सहयोग गरेर सहभागिता जनाउन सकिने विद्यालयले जनाएको छ ।