Sat. Oct 12th, 2024

पानी नपाएपछि तालाबन्दी

17_07_2012-chainlock1

धादिङ – पर्याप्त मात्रामा खानेपानी नपाएपछि धादिङको नीलकण्ठ नगरपालिका ४ अल्छीडाँडाका स्थानीयहरुले खानेपानी तथा सरसफाई उपभोक्ता समिति धादिङको कार्यलयमा तालाबन्दी गरेको छ ।

भूकम्पले पानीको मुहान तल सरेको र भएका मुहानहरु पनि सुक्दै गएका कारण पर्याप्त रुपमा खानेपानी नपाएपछि मंगलबार अल्छीडाँडा, सीमपानी तथा रायटार टोलबासीले ताला लगाएका हुन् ।

टोलबासीले पटक पटक पानीको उपचोग गरिदिनका लागि महासंघमा ध्यानाकर्षण गरेतापनि समितिले बेवास्ता गरेको स्थानीयको गुनासो छ । पानी नआउने धाराको महशुल चाहिँ तिर्नु पर्ने पानी चाहिँ खान नपाइने भन्दै जिल्ला प्रशासन कार्यलय धादिङ र पानी तथा सरसफाई उपभोक्ता महासंघ धादिङलाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।

कहिलेकाहि आउने पानी धमिलो आउने र लेदो जमेको भेटेपनि मुहानको ट्याङकी सफा गरिदिन आग्रह गरेका थिए तर समितिको पदाधिकारीहरु वेवास्ता गरेको स्थानीयको आरोप छ । भूकम्पले मुहानहरु दबिएको र भएका मुहानहरु पनि सुक्दै गएका कारण त्यस क्षेत्रमा खानेपानीको समस्या देखिएको हने ।

अहिले अल्छिडाँडाको खुल्ला ठाँउमा भूकम्पबाट विस्तापितहरुलाई राखिएर थप समस्या देखिएको छ । विस्तापितहरुले जताततै फोहोरमैला फ्याकिदिने गरेकाले वरपर दुगन्र्ध बढेको स्थानीय गोपाल अधिकारीले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: