Mon. Oct 2nd, 2023

दिनको ६३२ मेगावाट बिजुली भारतीय बजारमा

काठमाडौँ – नेपालबाट भारतीय बजारमा ६३२ मेगावाट नै बिजुली निर्यात हुन थालेको छ । मध्यकालीन सम्झौताको ११० र प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट गरी ६३२ मेगावाट बिजुली बिक्री हुन थालेको हो ।

यसअघि ४५२ मेगावाट बिजुली भारतमा बिक्री गरिरहेको नेपाल विद्युत् प्राधिकरणले गत साता थप १८० मेगावाट निर्यात अनुमति पाएसँगै ६३२ मेगावाट बिक्री हुन थालेको हो ।

यसअघि प्रतिस्पर्धी बजारमा मात्रै बिजुली बेचेको नेपालले गत साता मध्यकालीन सम्झौतामा समेत अनुमति पाएपछि प्रतिस्पर्धी र मध्यकालीन बजारमा समेत बिजुली बिक्रीको बाटो खुलेको हो ।

प्राधिकरणले प्रतिस्पर्धी र मध्यकालीन दुवै गरी ६३२ मेगावाट बिजुली बिक्री गरिरहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई जानकारी दिए । ‘अनुमति पाए जति सबै बिजुली निर्यात हुन थालेको छ,’ उनले भने, ‘देशमै बढी माग भएको दिनबाहेक अन्य समयमा हामीले भारतमा बिजुली बिक्री गरिरहेका छौं ।’

About The Author

Loading...

अन्य समाचारहरु: