Wed. Jul 24th, 2024

मर्मतका लागि २ महिनादेखि थन्किएको न्यारोबडी जहाज आज इजरायल उड्दै

काठमाण्डौ – इन्जिनमा समस्या आउँदा दुई महिनादेखि थन्किएको नेपाल एअरलाइन्सको न्यारोबडी जहाज नाइन एन एकेएक्स जहाज मर्मतका लागि आज आइतवार इजरायल जाने भएको छ ।

इन्जिनको वोरोस्कोपमा समस्या आउँदा गएको असार ३१ गतेदेखि थन्किएको जहाज आज लिजसहितको इन्जिन मर्मतका लागि इजरायल जाने र आउँदो असोजको ५ गते नेपाल आइपुग्ने नेपाल वायु सेवा निगमले जनाएको छ । निगमले इजरायल एरोस्पेस इन्डस्ट्रिजसँग सम्झौता गरिसकेको छ ।

निगमका जहाज पटक–पटक बिग्रने तर तत्कालै मर्मत नहुँदा करोडौँ रुपैयाँ नोक्सानी हुँदै आएको छ । पछिल्लो २० महिनामा निगमका दुई वटा न्यारोबडी जहाज दुई सय २२ दिन ग्राउन्डेड भएका छन् । यी जहाजको मर्मतमा डेढ अर्ब रुपैयाँ खर्च भइसकेको छ भने साढे दुई अर्ब रुपैयाँ आम्दानी गुमेको निगम स्रोतले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: