Mon. Oct 2nd, 2023

धादिङमा तिजको रौनक, पुजापाठ भन्दा फोटो भिडियोमा क्रेज

धादिङ– आज हरितालिका तीज । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वी महिलाले महादेवको पूजा आराधना गरेर यो पर्व मनाएका छन् ।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाको दिनमा तीज मनाउने गरिन्छ । धादिङको नीलकण्ठ नगरपालिका–१२ साङ्कोषमा रहेको पशुपति मन्दिर तथा शीवजीको मन्दिर र गल्छी वैरेनीको महेशदोभान भक्तजन बढी देखिएका छन् । आज काठमाडौँको पशुपतिनाथ मन्दिरलगायतका देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भीड लागेको छ ।

भगवान शिवको पूजा, आराधना गर्दै हर्षोल्लासपूर्वक मनाइने तिज पर्वमा यो वर्ष पुजापाठमा भन्दा फोटो भिडियोमा नै महिलाहरु झुमिएको देखिए ।

आज महादेव र देवी पार्वतीको व्रत बसेर पूजा आराधना गरे पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ । सत्ययुगमा हिमालयपुत्री पार्वतीले निराहार व्रत बसी महादेवलाई प्राप्त गरेको धार्मिकमान्यता अनुसार तीज मनाउने चलन छ ।

आइतबार दर खाएपछि औपचारिक रूपमा सुरु भएको यो पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि पर्व समाप्त हुन्छ ।

तस्बिरहरु : शंकर श्रेष्ठ

About The Author

Loading...

अन्य समाचारहरु: