
धादिङ– पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ बादरे घुम्तिमा सुख्खा पहिरो खसेको छ ।
सुख्खा पहिरोको कारण पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।
मंगलबार राती पौने ९ बजेतिर सुख्खा पहिरो खसेको हो । अहिले जेसीवीको प्रयोग गरि पहिरो पन्छाउने प्रयास भइरहेको छ । करिव दुई घण्टामा राजमार्ग सुचारु हुने एसपी मिश्रले बताए ।
About The Author
Loading...