Tue. Nov 28th, 2023

अहिलेको शिक्षा प्रणालीले सक्षम जनशक्ति उत्पादन गर्न समस्य हुन्छ : माधव नेपाल

पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको विद्यमान शिक्षा प्रणालीले वर्तमान चुनौतीको सामना गर्ने योग्य र सक्षम जनशक्ति तयार पार्न नसक्ने बताएका छन् ।

नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन २०८० लाई सम्बोधन गर्दै उनले नेपालको शिक्षा प्रणालीलाई लिएर आज शिक्षकहरू आन्दोलित हुनुपर्ने अवस्था आएको भन्दै सरकारको त्यसमा गम्भीर हुनुपर्ने बताए ।

उनले भने, ‘यसको लागि आजको लागि आवश्यक योग्य जनशक्ति तयार गर्नुपर्छ, आजको चुनौतीको सामना गर्ने योग्य र सक्षम जनशक्ति तयार गर्नुपर्छ । त्यसको लागि शिक्षा प्रणाली धेरै महत्वपूर्ण छ । आज शिक्षकहरू आन्दोलित छन् किनभने माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहले पूरा गर्न सक्छ, के त्यसैले सबै पक्षबारेमा सोच्न सक्छ, विद्यालयको प्रगतिभन्दा पनि त्यसको प्रयोगको बारेमा मात्रै सोच्न सक्ने अवस्था बन्न सक्छ ।’

About The Author

Loading...

अन्य समाचारहरु: