२७ साउन, सुर्खेत – अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा जारी आन्दोलन नियन्त्रण बाहिर गएपछि बुधबार पनि कर्फ्यू लगाएको छ । साँझ ६ बजेसम्म कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जानकारी दिए ।
६ प्रदेशको सीमांकन सार्बजनिक भएलगत्तै सुर्खेतमा विरोध प्रदर्शन जारी छ । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा ३ जनाको मृत्यु भैसकेको छ । मंगलबार पनि प्रहरीले गोली चलाउँदा एक व्यक्ति घाइते भएका थिए ।