Tue. Jul 16th, 2024

नौ खेलाडीलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान

Sompal-Kami

 काठमाडौं –   राष्ट्रिय खेलकुद प्रतिभा सम्मानबाट नौ खेलाडी सम्मानित भएका छन् ।

अन्तराष्ट्रिय युवा दिवसको अबसर पारेर सरकारले ९ खेलाडी सहित दुई प्रशिक्षकलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा कराँतेकी विमला तामाङ, क्रिकेटका सोमपाल कामी, तेक्वान्दोका ज्ञानी चुनारा, एथलेटिक्सका विक्रमबहादुर राना र केशरी चौधरी, भलिबलकी विनिता बुढाथोकी र किक बक्सिङका दिवस श्रेष्ठ रहेका छन् ।
पुरस्कारको राशी १ लाख रहेको छ ।

यस्तै एथलेटिक्सका सुनिल चौधरी र प्रतिभा चौधरी तथा कराँतेका प्रशिक्षक सञ्जु महर्जन र व्याडमिन्टनका प्रशिक्षक रजनी मैयाँ जोशी संयुक्त रुपमा सम्मानित भएका छन् । चारै जनालाई नगद ५० हजार सहित सम्मान गरिएको हो ।

तस्विर : अनलाइन खबरबाट

About The Author

Loading...

अन्य समाचारहरु: