Tue. Nov 28th, 2023

एकल महिलाहरुको राष्ट्रिय भेला धादिङबेसीमा सुरु

धादिङ –मानव अधिकारीकारका लागि महिला, एकल महिला समूहको राष्ट्रिय भेला धादिङबेसीमा सुरु भएको छ ।

पुर्व मन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले भेलाको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बागमती प्रदेशका सांसद गोबिन्द लम्साल, मायादेवी शर्मा, धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, पहरी उपरीक्षक गौतम मिश्र लगायत सहभागी छन् ।

देशभरका ७० भन्दा बढी जिल्लाबाट सहभागी धादिङमा भेला भएका छन् । एकल महिला अगुवाहरुको भेलाले एकल महिला सुरक्षा कोष संचालनमा ल्याउनुपर्ने, राज्यका हरेक क्षेत्रमा एकल महिलालाई आरक्षणको व्यवस्था हुनुपर्ने र व्यवस्थापिकाको समानुपालिक प्रणालीमा एकल महिलाको प्रतिनिधित्व हुनुपर्ने मागसहित धादिङ घोषणापत्र जारी गर्दैछ ।

About The Author

Loading...

अन्य समाचारहरु: