Fri. Dec 1st, 2023

सामाजिक सञ्जालबाट झाँगिदै मानव वेचविखनको जालो

धादिङ– सामाजिक सञ्जालको प्रयोगबाट नेपालमा मानव वेचविखन तथा ओसारपसारका घटना बढेको सरोकारवालाहरुले बताएका छन् । मानव बेचबिखनको अधिकांश घटनामा अनलाइन तथा सामाजिक सञ्जालको दुरुपयोग भएको पाइएको उनीहरुले बताएका हुन् ।

वेचविखन गर्ने शैली र बाटाहरु फेरिएको मानव वेचविखन अनुसन्धान व्युरो काठमाडौका प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर विष्टले बताए । अनलाइन तथा सामाजिक सञ्जालहरुको दुरुपयोग विभिन्न प्रलोभनमा पार्ने र मानव तस्करी हुने गरेको घटनामा बृद्धि भएको उनले बताए ।

‘चालुु आर्थिक वर्ष २०८०/०८१ मा मानव बेचबिखन तथा ओसार पसार घटनाका १० वटा मुद्धा दर्ता भएका छन् । गत आर्थिक वर्षमा ४३ वटा मुद्धा दर्ता भएका थिए ।’ उनले भने– ‘२०७५ देखि हालसम्म २३२ वटा मुद्धा मध्ये व्युरोमा ११६ वटा मुद्धा दर्ता भएका छन् ।’

अनलाइनको माध्यमबाट हुने मानव बेचबिखन विरुद्धको अभियान अन्तरर्गत धादिङ आइपुगेका डिएपी विष्टले मानव वेचविखनका घटना झनै बढेको बताएका हुन् । ‘ह्वाट्स एप, भाइवर, इमो, फेसवुक, टिकटक लगायत सामाजिक सञ्जालको प्रयोग गरी मानव वेचविखन भइरहेका छन् । अपराध गर्ने तौरतरिका फेरिका हुन् । घटनामा कमी आएको छैन । पिडित सबैले उजुरी गर्न नआएकोले तथ्याङ्क थोरै देखिएको मात्र हो’, उनले भने ।

मसाज डान्सबार, वेश्यालय, कर्लग्रल, मनोरञ्जनात्मक व्यवसाय, घरेलु कामदारमा वैदेशिक रोजगार, भिजिट भिसाको दुरुपयोग, नक्कली श्रम स्वीकृति, यूरोप गन्तव्य, अमेरिका जाने अवैध रुट जस्ता नविनत कारणले नेपालीहरु मानव वेचविखनमा परेको उनले बताए । अनलाइनबाट वेचविखनका घटनाहरु बढेका छन् । मानव वेचविखन तथा ओसारपसारका घटनामा कहि न कही सामाजिक सञ्जाल जोडिकै हुन्छन् । वैदेशिक रोजगारको नाममा हुने वेचविखनमा त झनै सामाजिक सञ्जाल प्रमुख कारण जस्तै बन्ने गरेको उनले बताए ।

मानव वेचविखन प्रभावित महिला तथा किशोरीलाई सहयोग गर्दै आएको नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय काठमाडौका प्रमुख महिला विकास अधिकृत मिना पौडलले बताए । ‘अपराधिक घटना न्यूनिकरणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छौं । समस्यामा परेकाहरुलाई तालिम पनि दिएका छौै । पुर्नमिलन हुन नसकी पुर्नस्थापना केन्द्रको संरक्षणमा रहेका ५४ जना महिला तथा किशोरीहरुलाई सिप तथा रोजगारमूलक तालिम एउटा उदाहरण हो यस्ता थुप्रै कामहरु हामीले गरेका छौ’, उनले भनिन् ।

नीतिगत त्रुटी र समय सान्दर्भिक कानुन नहुदा मानव वेचविखन न्यूनिकरणमा समस्या भएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए । समय सान्दर्भिक कानुन, श्रोत र साधनको अभाव छ । उनले भने– ‘बन्दै गरेको निति र कानुन समय सान्दर्भिक हुनु पर्छ । नितिगत कार्यान्वयनमा रहेको ग्याप पनि हट्छ । राज्यले महत्व दिएर काम गर्ने हो भने मानव वेचविखन अन्त्य हुन्छ ।’

‘साइवर क्राइमले अन्य अपराधहरु पनि बढेका छन् । पछिल्लो समय सामाजिक संस्कार नै विग्रदो छ । गाउँगाउँमा सचेनता गराउने र नियमन गर्ने निकायलाई सक्षम बनाएर पहल गर्ने हो भने यस्ता अपराधहरुको अन्त्य हुन्छ‘, प्रमुख जिल्ला अधिकारी गैह्रेले भने ।

धादिङको बाटो भएर मानव वेचविखनका घटना हुने गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । धादिङ ट्रान्जिट पोइन्टको रुपमा रहेको छ । उनले भने– ‘धादिङमा दुइ ठूला राजमार्गहरु छन् । रसुवा, नुवाकोट र देशकै राजधानी काठमाडौबाट धादिङको बाटो भएर ओसारपसारका घटना हुने गरेका छन् ।’

About The Author

Loading...

अन्य समाचारहरु: