काठमाडौं- नेपाल धितोपत्र बोर्डले लगानीकर्ता शिक्षा र लगानीकर्ताको गुनासो सुनुवाइ गर्न एआईमा आधारित च्याटबट सञ्चालनमा ल्याएको छ ।
लगानीका नयाँ नयाँ औजार विकास भएको र सूचना क्रान्तिले नयाँ अवसरसँगै चुनौति आएको बताउँदै उनले भने, ‘त्यससँगै हामीले आफूलाई पनि तयार राख्नुपर्छ । लगानीकर्तामा साक्षरता बढाएर सबै लगानीकर्तालाई सचेत बनाउन जरूरी छ ।’
नेपालमा सेयर बजारको जानकारी सीमित लगानीकर्तामा रहेको भन्दै उनले उनीहरूले खेल्ने र कमाउने तर आम लगानीकर्ता फस्ने अवस्था आउनसक्ने खतरा रहेको बताए ।
नियामकको केही माइक्रोम्यानेजमेन्टले पनि बजार प्रभावित भएको बताउँदै उनले त्यसमा केही निर्णय आउने अपेक्षा गरेको बताए । साना लगानीकर्ताको लगानी सुरक्षित हुनुपर्ने र सही सूचना दिन जरूरी भएको बताए ।