काठमाडौँ – अखिल नेपाल फुटबल सङ्घ एन्फाले भारतविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि ३० सदस्यीय प्रारम्भिक राष्ट्रिय टोलीको आज घोषणा गरेको छ ।
यही भदौ १४ गते भारतको पुणेमा हुने खेलका लागि चार हप्ताको तालिमपछि ४५ खेलाडीबाट ३० खेलाडीमा घटाइएको छ , जसमा तीन गोलरक्षक, १० रक्षक, नौ मध्यपङ्तिm र आठ अग्रपङ्तिका खेलाडी छन् । गोलरक्षकमा किरणकुमार लिम्बू, रितेश थापा र विकेश कुथू, रक्षकमा विराज महर्जन, रोहित चन्द, सागर थापा, सन्दीप राई, रञ्जित धिमाल, अनन्त तामाङ, आदित्य चौधरी, अजित भण्डारी, रवीन श्रेष्ठ र जीतेन्द्र कार्की छन् ।
त्यस्तै मध्यपङ्क्तिमा विक्रम लामा, विशाल राई, भोलानाथ सिलवाल, जगजित श्रेष्ठ, सुशील केसी, श्याम नेपाली, राजु तामाङ, हेमन्त थापा मगर र विश्वास श्रेष्ठ छन् । त्यसैगरी अग्रपङ्क्तिको जिम्मा जुमानु राई, अनिल गुरुङ, रञ्जन विष्ट, अञ्जन विष्ट, भरत खवास, नवयुग श्रेष्ठ, विमल घर्ती मगर र भरत शाहले लिनेछन् । टोलीका मुख्य प्रशिक्षकमा ध्रुव केसी, प्रशिक्षकमा हरि खड्का र व्यवस्थापकमा रमेश रायमाझी रहने एन्फाले जनाएको छ । रासस