Sat. Jun 15th, 2024

बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो

काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हराएको छ । भारतको धर्मशालामा अफगानिस्तानले दिएको १ सय ५७ रनको सामान्य लक्ष्य बंगलादेशले ३४ ओभर ४ बलमा ४ विकेट गुमाएर भेटायो । बंगलादेशको जितमा नजमुल होसाइन शान्तोले नटआउट ५९ र मेहदी हसन मिराजले ५७ रन बनाए ।

अफगानिस्तानका फैजल हक फारुकी, नवीन उलहक र अजमतुल्लाह ओमरजाईले एकरएक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफागानिस्तान ३७ ओभर २ बलमा १ सय ५६ रनमा अलआउट भयो । उसका लागि रहमानुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए ।

About The Author

Loading...

अन्य समाचारहरु: