Sun. Jun 16th, 2024

काठमाण्डौबाट लुक्ला उडान भर्दा पर्यटककहरु मन्थलीमा अलपत्र ,होटलले मनपरी गरेको पर्यटकको गुनासो

काठमाण्डौ – सोलुखुम्बुको लुक्ला विमानस्थलमा चार दिनदेखि उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । यो बेला दैनिक ४० वटासम्म उडान हुने गरेकोमा खराब मौसमका कारण पछिल्लो ४ दिनदेखि एउटा पनि उडान हुन नसकेको लुक्ला विमानस्थल कार्यालयले जनाएको छ ।

उडान नभएपछि सयौँ पर्यटक अहिले रामेछापको मन्थलीमा अलपत्र परेका छन् । काठमाण्डौबाट लुक्ला उडान गर्दा चाप बढेको भन्दै नागरिक उड्डयन प्राधिकरणले रामेछापको मन्थलीबाट लुक्ला उडान गर्न एअरलाइन्सहरुलाई निर्देशन दिएको छ । केहीबेर मौसम खुल्दा केही हेलिकप्टर उडान भएपनि जहाजको उडान ठप्प छ ।

मन्थलीमा खोजेजस्तो होटल नभएको र भएका होटल पनि निकै महँगो भएकाले पर्यटक हैरान भएका छन् । छोटो समयको बिदा लिएर आएकाहरु निराश हुँदै फर्किएका स्थानीयले बताएका छन् । बर्खा सकिएसँगै अहिले सयौँ विदेशी र नेपाली पर्यटक सगरमाथा क्षेत्रमा जाने तयारीमा छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: