Tue. Nov 28th, 2023

मझिमटारमा दुर्घटना: मोटरसाइकल चालकको मृत्यु

धादिङ– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-९ मझिमटारमा बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि घाइते बनेका बेनिघाट रोराङ गाउँपालिका-९ मझिमटारका ३३ वर्षीय राजेश गिरिको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

प्रहरी उपरीक्षक मिश्रका अनुसार काठमाण्डौबाट बर्दिया तर्फ जादै गरेको भे १ ख ४०४९ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको बाग्मती प्रदेश ०२-०४० प  ५०८० नम्बरको मोटरसाइकल बुधबार राती आपसमा ठोक्किएको हो । घाइते गिरीको राजमार्ग अस्पताल मलेखुमा सामान्य उपचारपछि काठमाडौस्थित बिएण्डबी अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको मिश्रले जानकारी दिए ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: