Thu. Apr 17th, 2025

इजरायलबाट फर्किन थप २ सय नेपालीले विवरण टिपाए

काठमाडौं – इजरायलबाट स्वदेश फर्किन थप २ सय जना नेपालीले आफ्नो विवरण टिपाएका छन् । इजरायल–प्यालेस्टाइन युद्ध सुरु भएसँगै तेल अबिबस्थित नेपाली दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि अनलाइनमार्फत निवेदन मागेको थियो ।

सोही क्रममा थप २ सय नेपालीले घर फर्किन अनलाइनमार्फतविवरण टिपाएको दूतावासले जानकारी दिएको हो । दुतावासका अनुसार अनलाइनमा नेपालीको विवरण प्राप्त भइराखेको छ । सरकारले इजरायलबाट नेपाल फर्किन चाहाने सबैलाई ल्याउने प्रक्रिया सुरु गरेको छ ।

शुक्रबार बिहानमात्रै पहिलो चरणमा १५४ जना नेपाली विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याइएको छ ।

About The Author

अन्य समाचारहरु: