Thu. Jul 18th, 2024

नैविसे र खानीखोलाका पसलहरुबाट म्याद नागेका साामन जफत


धादिङ– धादिङको धुनिबेसि नगरपालिकाको नैविसे र खानीखोलाका पसलहरुबाट ठुलो परिमाणमा म्याद सकिएको खाद्य सामाग्री जफत गरेको छ ।
यात्रु बस रोकेर खाजाखाना खाने होटल तथा किराना पसलहरुबाट चकलेट, कुरकुरे, लेज जस्ता खाद्य सामाग्री जिल्ला अनुगमन टोलीले जफत गरेको हो । सामान जफत गरिएका पसलहरुलाई आइन्दा उत्पादन गरिएको मिति र सकिने मिति हेरेर मात्रै सामान विक्रि गर्न निर्देशन दिएको छ ।

यस अघिका निर्देशन पालना नगरी अटेर गरेर विक्रि मुल्य भन्दा बढी रकम असुलेको कसुरमा हाइवे ब्रेकलाइट कोल्डस्टोरलाई १० हजार जरिवाना गरिएको छ ।
त्यस्ता पसललेहरुलाई मुल्यसूचि राख्न, सरसफाईमा ध्यान दिन, तोकिएकै मुल्यमा विक्रि गर्न निर्देशन दिइएको अनुमगन समितिका संयोजक एवं धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताए ।

पटक पटकको अनुमगनमा सुध्रिन सल्लाह सुझाव दिएपनि नसुध्रिएकाहरुलाई जरिवाना गरिएको पराजुलीले जानकारी दिए ।

About The Author

Loading...

अन्य समाचारहरु: