Sun. Apr 28th, 2024

एसीसी १९ वर्षमुनिको प्रिमियर कप ः नेपाललाई मात्र ७८ रनको लक्ष्य, बहराइन ७७ रनमै अल आउट

काठमाण्डौ – १९ वर्षमुनिको एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ७८ रनको झिनो लक्ष्य पाएको छ । मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन ३७ ओभर ५ बलमै ७७ रनमा अल आउट भयो । बहराइनलाई सस्तैमा अल आउट गर्न दीपेश कँडेलले ६ विकेट लिए ।

यस्तै, दुर्गेश थापाले चार विकेट लिए । बहराइनका लागि मोहम्मद बासिल अब्दुल हकिमले ३४ रन जोड्नुबाहेक अरुले दोहोर अङ्कमा रन जोड्न सकेनन् । आजको खेलमा जित निकाले नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो हुनेछ । नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रनले हराएको थियो ।

नेपालले आउँदो २ गते साउदी अरेबियासँग खेल्नेछ । प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आउँदो डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् । हरेक समूहका शीर्ष टोली सेमिफाइनलमा पुग्नेछन् । समूह ुएु मा नेपाल १ खेलमा २ अङ्ककासाथ शीर्ष स्थानमा छ ।

About The Author

Loading...

अन्य समाचारहरु: