Sat. Oct 12th, 2024

सीमांकनको विरोधमा भएको बन्दको प्रभाव धादिङमा पनि

banda dhading

३१ साउन, धादिङ – ६ प्रदेशको सीमांकनप्रति असन्तुष्ट बैद्य माओवादी, जनजाति र मधेस केन्द्रीत दलहरुले आह्वान गरेको बन्दका कारण आज देशभरको जनजीवन प्रभावित भएको छ ।

बन्दको प्रभाव धादिङमा पनि परेको छ । बन्दका कारण धादिङबाट अन्य जिल्लामा चल्ने सवारी साधनहरु चन सकेको छैन । पसल, बजार पनि बन्द रहेको छ । बन्दमा हुन सक्ने घटनालाई मध्यनजर गर्दै चोकचोकमा प्रहरी परिचालन गरिएको छ ।

सीमांकनको विरोधमा बैद्य माओवादी, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, लिम्बुवानसहितका पार्टीले आज र भोलि बन्द आह्वान गरेका छन् ।

About The Author

अन्य समाचारहरु: