Wed. Jul 24th, 2024

देशको समृद्धि, सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनुपर्छ :गृहमन्त्री श्रेष्ठ

काठमाण्डौ – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको समृद्धि, समुन्नति र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनुपर्ने बताएको छ । ६८ औँ प्रहरी दिवसका अवसरमा आज सोमवार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले देशको आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको नेपाल प्रहरीको भूमिका र कर्तव्यबोधले समग्र देशको समृद्धि, कानुनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सकिएको बताए।

गृहमन्त्री श्रेष्ठले चाडपर्वलगायत आफ्नो व्यक्तिगत र पारिवारिक दायित्वलाई थाती राखी देश र नागरिकको सुरक्षामा तैनाथ प्रहरी कर्मचारीको समर्पणभाव हरेक पुस्ता र पिँढीका लागि प्रेरणाको स्रोतका रूपमा रहने उल्लेख गरे। उनले साधन स्रोतको अभावमा पनि राज्यले सुम्पेको जिम्मेवारीलाई नेपाल प्रहरीले निष्ठापूर्वक तथा प्रविधिसँग प्रभावकारी मिश्रण गरी छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह गर्दै आएको बताए ।

‘आमनागरिक र राज्यले सामना गरेको हरेक विषम परिस्थितिलाई निस्तेज तुल्याउन नेपाल प्रहरीका प्रत्येक सदस्यले पेसागत कर्तव्यपरायणतामा उच्च मनोबलका साथ खटिँदै आएका छन्’, गृहमन्त्री श्रेष्ठले भने । नवीनतम आविष्कार र नयाँ प्रविधिका कारण बढ्दै गएका अपराधका नयाँ शैलीविरुद्ध तदारुकता बढाउँदै वर्तमान र भविष्यमा हुनसक्ने अपराधको रोकथाम तथा सफल अनुसन्धान गर्न सक्ने गरी नेपाल प्रहरी हरदम तयारी अवस्थामा रहनुपर्नेमा जोड दिए ।

About The Author

Loading...

अन्य समाचारहरु: