Sun. Sep 8th, 2024

म्युजिक भिडियोलाई फिल्मको परिभाषामा समेट्न आग्रह गर्दै ध्यानाकर्षण पत्र

काठमाडौं –म्युजिक भिडियोलाई पनि फिल्मको परिभाषामा समेट्न ध्यानाकर्षण गराउँदै म्युजिक भिडियो निर्देशक समाजले चलचित्र विकास बोर्डलाई पत्र बुझाएको छ ।

समाजका कार्यवाहक अध्यक्ष देवेन्द्र पाण्डेसहितको टोलीले बोर्ड अध्यक्ष भुवन केसीलाई पत्र बुझाएको छ । पछिल्लो समय दैनिक ५० भन्दा बढी म्युजिक भिडियो निर्माण भइरहेको प्रतिभिडियो तीन लाख रुपैयाँ लगानी हुने गरेको, दैनिक डेढ करोडको लगानी र हजारौंले रोजगार पाइरहेको तथ्य पेश गर्दै फिल्मको परिभाषामा समेट्न आग्रह गरेको छ ।

About The Author

अन्य समाचारहरु: