Wed. Jul 24th, 2024

मेसीको २ गोलमा अर्जेन्टिनाको लगातार चौथो जित, ब्राजिल उरुग्वेसँग पराजित

काठमाडौं – लिओनल मेसीको दुई गोल मद्दतमा अर्जेन्टिनाले विश्वकप छनोटमा बुधबार बिहान पेरुलाई २(० ले पराजित गरेको छ ।

२०२६ को फिफा विश्वकप छनोटमा अर्जेन्टिनाको यो लगातार चौथो जित हो ।
पेरुको मैदान स्टाडियो नासिओनल डे लिमामा अर्जेन्टिनालाई सहज जित दिलाउन मेसीले खेलको ३२औं र ४२औं मिनेटमा गोल गरेका थिए ।

दक्षिण अमरिकी क्षेत्रमा शतप्रतिशत नतिजा निकालेको अर्जेन्टिना ४ खेलबाट १२ अँकसहित शीर्ष स्थानमा छ । पेरु ४ खेलबाट १ अंकसहित नवौं स्थानमा छ ।

About The Author

Loading...

अन्य समाचारहरु: