Mon. Dec 4th, 2023

राष्ट्रिय मानवअधिकार आयोगका कार्यालय दशैँ बिदामा पनि खुल्ने

काठमाडौ – राष्ट्रिय मानवअधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय दशैँ बिदामा पनि खुल्ने भएका छन् । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय खुल्ने आयोगले जनाएको छ ।

आमनागरिकको मानवअधिकार संरक्षणलाई ध्यानमा राख्दै बिदाका दिनमा पनि कार्यालय बन्द खुलाउने व्यवस्था मिलाइएको आयोगले जनाएको हो ।

आयोगले यो अवधिमा मानवअधिकार उल्लङ्घनका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनाको अनुगमन गर्ने जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: