Fri. Dec 8th, 2023

धादिङबाट काठमाडौ जाँदै गरेको बस चिरौदी पुल नजिक ठोक्कियो, १२ जना घाइते

धादिङ– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ चिरौदी पुल नजिक यात्रु बाहक बस, माइक्रो र मोटरसाइकल आपसमा ठोक्किएको छ । तीन वटा सवारी आपसलमा ठोक्किएर भएको दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार धादिङबाट काठमाण्डौ तर्फ जादै गरेको बा ३ ख ८३९५ नम्बरको बसले विपरित दिशाबाट आउदै गरेको बा ६० प ४८६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल उछिटिएर काठमाडौतर्फ नै जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ९३३६ नम्बरको कारमा समेत ठोकिन पुगेको हो ।

दुर्घटनामा घाइते हुनुभएका मोटरसाइकलका चालक धादिङ गल्छी गागाउँपालिका–६ का २६ वर्षीय जितेन्द्र पाठक, पछाडी सवार पाठकका श्रीमती २४ वर्षीय ज्योति पाठकको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि काठमाडौ रिफर गरिएको जैसवारले जानकारी दिए ।
बसमा सवार काठमाण्डौ चन्द्रागिरि नगरपालिका–१४ का ३० वर्षीय सुनिता कार्की, उनकी छोरी ३ वर्षकी कृतिका कार्की, धादिङ निलकण्ठ नगरपालिका–११ का ७३ वर्षीय जिव प्रसाद धमला, ७० वर्षीय धनिमाया धमला घाइते भएका छन् । त्यस्तै धादिङ सिद्वलेख गाउँपालिका–१ का ५५ वर्षीय खुस कुमारी तिमिल्सेना, नौं वर्षीय सन्ध्या तिमिल्सेना, नीलकण्ठ नगरपालिका–११ का ४४ वर्षीय राज कु.श्रेष्ठ, ४३ वर्षीय सोम बहादुर गुरुङ, पनि घाइते भएका छन् ।

थाक्रे गाउँपालिका–२ का ४५ वर्षीय नवराज रिजाल र उनको छोरी २१ वर्षीय सम्झना रिजाल पनि घाइते भएका छन् । । तीव्र गतिमा रहेको बस एक्कासी दुर्घटनामा पर्दा बसमा सवार अघिकांशको अनुहार र शरिरका विभिन्न भागमा चोट लागेको छ ।

सामान्य घाइतेहरुको गल्छीस्थित अम्वि भरोसा अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकलमा सवार दुई जना र बसमा सवार तीन जनालाई काठमाडौ पठाइएको छ । तीन वटै सवारीसहित बस चालक र कारका चालक प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङमा सवारी दुर्घटनाको घटना आज मात्रै यो चौथोे हो । यसअघि गजुरी गाउँपालिका– ६ बन्छेटारमा काठमाडौतर्फ जाँदै गरेको बा४ख ४१७७ नम्बरको माइक्रो बस र काठमाडौबाट गजुरीतर्फ आउँदै गरेको बा२१प ६०९० नम्बरको हुण्डाई कार आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना घाइते भएको थियो । त्यस्तै वेनिघाट रोराङ–३ सितलबजारमा दुईवटा मोटरसाइकल ठोकिदा तीन जना घाइते भएको थियो भने त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारमा मोटरसाइकल दुर्घटनामा एक जना घाइते भएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: