Fri. Apr 18th, 2025

गुटेरेसको भ्रमणले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध थप बलियो हुनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको चार दिने औपचारिक भ्रमणबाट राष्ट्र सङ्घ र अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सम्बन्ध थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

महासचिव गुटेरेससँग आज आइतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको औपचारिक भेटवार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय क्षेत्रसँग सम्बन्ध विस्तार तथा सहजीकरण गर्न यो भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । भेटमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, अल्पविकसित देशबाट स्तरोन्नति र दिगो विकासलगायतका विषयमा छलफल भएको उनको भनाइ छ ।

‘निकै सौहार्दपूर्ण वातावरणमा दुई पक्षीय हितका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयमा विश्वासका साथ हामीले छलफल गर्‍यौँ । मुख्यरूपमा जलवायु परिवर्तनको विषयमा गम्भीररूपमा चर्चा भयो’, प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालमा जलवायु परिवर्तनका नकारात्मक असरको न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायमा संयुक्त राष्ट्र सङ्घको महासचिवको हैसियतले उनले खलेको भूमिकाको उच्च प्रशंसा गर्‍यौँ ।’ जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि आउँदा दिनमा राष्ट्र सङ्घलगायत द्विपक्षीय तथा बहुपक्षीप अन्तर्राष्ट्रिय निकायबाट सहयोगको अपेक्षा गरेको उनले बताए ।

About The Author

अन्य समाचारहरु: