Mon. Apr 29th, 2024

अमेरिकाले उद्यमका लागि नेपाललाई साढे १६ अर्ब ऋण दिने विषयमा छलफल

काठमाडौं –अमेरिकाले नेपालका साना तथा मझौता उद्यम विकासका लागि साढे १६ अर्ब नेपाली रुपैयाँ भन्दा बढी ऋण दिने विषयमा छलफल भएको छ ।

एक साता लामो अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच उक्त विषयमा छलफल भएको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ ।

द्विपक्षीय भेटवार्तापछि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले जारी गरेको विज्ञप्तिमा नेपाल–अमेरिका साझेदारीको सुदृढीकरणमा जोड दिएको उल्लेख छ ।

‘भर्खरै सुरु गरिएको ५०० मिलियन अमेरिकी डलर अनुदान सहयोगको मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० परियोजना कार्यान्वयनले पूर्वाधार निर्माण गर्ने, बिजुलीमा पहुँच बढाउने र सीमापार विद्युत व्यापारका विषयमा छलफल भयो’, विज्ञप्तिमा उल्लेख छ, ‘उनीहरूले नेपालमा विस्तारित विकास वित्त निगमको लगानी, साना तथा मझौला उद्यमहरूलाई ऋण उपलब्ध गराउन नेपाली बैंकलाई १२५ मिलियन अमेरिकी डलर नयाँ ऋण दिनेलगायतका विषयमा छलफल गरेका छन् ।’

About The Author

Loading...

अन्य समाचारहरु: