Mon. Jun 24th, 2024

नेपाली सेनाका मेजरलाई डाँका मुद्धाको आरोप

काठमाडौं –नेपाली सेनाका कानुन विभागका सेनानी राजकुमार रञ्जितलाई डाँका मुद्धामा फरार रहेको आरोप लागेको छ । गत असोजमा सर्वोच्च अदालतमा सेनाको तर्फबाट प्रतिरक्षा गर्न इजलासमा पुगेका थिए ।

रञ्जितलाई डाँका मुद्धामा फरार रहेको आरोप लागेको हो । पूर्व महासेनानी कर्नेल महेन्द्रजंग शाहले आफूलाई कानून विपरीत अवकाश दिएको भन्दै हालेको रिटमा सेनाका तर्फबाट प्रतिरक्षा गर्न रञ्जितसहित सेनाको कानून विभागका अधिकृतहरूको इजलासमा बाक्लो उपस्थिति रहेकै बेला उनीमाथि सो आरोप लागेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्माको इजलाससमक्ष पूर्वकर्नेल शाहले लिखित रुपमै आफनो भनाई राख्ने क्रममा सो आरोप लगाएका हुन् ।

सर्वोच्च अदालत स्रोतका अनुसार प्रधानन्याधीश श्रेष्ठ र शर्माले उनलाई पाँच मिनेटमा कुरा राख्न समय दिएपछि शाहले रञ्जितमाथि सो आरोप लगाएका थिए ।
उनले जिल्ला अदालत, काभ्रेले २०६३ सालमा रञ्जितलाई ‘फरार अभियुक्त’ करार गरेको फैसलाको प्रति पनि इजलासलाई बुझाएको स्रोतको दाबी छ ।

About The Author

Loading...

अन्य समाचारहरु: