Wed. Jul 24th, 2024

ओमानसँगको खेलमा नेपालले पायो १ सय ४६ रनको लक्ष्य

काठमाण्डौ- आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा ओमानले घरेलु टोली नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनायो । नेपालका करण केसीले ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले २र२ विकेट लिए भने गुल्शन झा र अविनाश बोहोराले एकरएक विकेट लिए ।

ओमानका कप्तान जेसन मक्सदले सर्वाधिक ३२ रन जोडे । यस्तै, नसिम खुशीले २५, प्रतीक अथावाले २४ रन र सकिल अहमेदले २२ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । नेपाल र ओमानबीचको खेलले समूह ‘ए’ को विजेता तय गर्नेछ । दुवै टोली सेमिफाइनलमा पुगेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: