Fri. Dec 1st, 2023

काठमाण्डौमा एक हप्तामा १२ हजार चालक परे कारबाहीमा

काठमाण्डौ –ट्राफिक नियम उल्लङ्घनविरुद्ध काठमाण्डौ उपत्यकामा कारबाही अभियान तीव्र पारिएको छ । प्रहरीले एक हप्तामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार सात सय ११ चालकमाथि कारबाही गरेको छ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही दशैँलगत्तै कात्तिक ९ देखि आज बिहानसम्म गरिएको कारबाही अभियानका क्रममा उनीहरुलाई कारबाही गरिएको हो ।

कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले उपत्यकाको काठमाण्डौ, ललितपुर र भक्तपुरका तीनै जिल्लामा प्रहरी टोली परिचालन गरी कारबाही अभियान चलाइएको बताए । चाडबाडका समयमा नियम उल्लङ्घन गरेर जथाभाबी गाडी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले कारबाही तीव्र पारिएको उहाँले बताए ।

प्रहरी वरिष्ठ उपरीक्षक भट्टका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार दुई सय १८ चालक कारबाहीमा परेका छन् । त्यसमा तीव्र गतिमा गाडी चलाउने मात्रै तीन सय रहेका छन् भने लेन क्रस गरेर गाडी चलाउने एक सय ५२ चालक कारबाहीमा परेका छन् । यस्तै, मापसे गरेर गाडी चलाउने मात्रै एकै दिनमा ८६ चालक कारबाहीमा परेका उहाँले बताए।

About The Author

Loading...

अन्य समाचारहरु: