Fri. Feb 7th, 2025

न्याय माग्दा धम्की आयो :भारती मानन्धर

काठमाण्डौ – रिगल भनेर चिनिने योगराज ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएसँगै मृतक चेतन मानन्धरकी पत्नी भारती मानन्धरले यो फैसलाले आफूलाई थप साहस दिएको बताएको छ ।

आज शुक्रवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी मानन्धरले आफूलाई धेरै बाधा, डर, त्रास, धम्की र पैसाका बार्गेनिङ आए पनि अन्ततः न्याय पाएको बताउनुभएको हो । कुनै पनि लोभमा नलागिकन अघि बढेकाले न्याय मिलेको उहाँले बताउनुभयो । अन्यायमा परेका महिलालाई आफ्नो यस कामबाट प्रेरणा मिल्ने मानन्धरको विश्वास छ ।

उनले भने, ‘यसबीचमा धेरै बाधा, डर, त्रास, धम्की र पैसाका बार्गेनिङ आए । तर मेरो टिमले मेरो साथ छोडेन । मेरो टिमले मलाई अन्यायमा परेको महिलालाई बाटो दे, अरू महिलाले पनि साथ पाए न्याय पाउँछन् भनेर कुनै स्वार्थमा नलाग्न भन्यो ।मजस्ता पीडित महिला धेरै छन्, म पछि हट्नु हुँदैन भनेर अघि बढेँ ।’

नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको रिगललाई संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएको थियो । रिगलको आममाफीविरुद्ध चेतनकी पत्नी भारतीले सर्वोच्चमा रिट निवेदन दिएको थियो ।

About The Author

अन्य समाचारहरु: