Sat. Dec 7th, 2024

मिस मंगोलको उपाधि डा. निमालाई

miss mangol

काठमाडौं –  यस वर्षको मिस मंगोल नेपाल २०१५ को ताज भरतपुर मेडिकल कलेज चितवनमा कार्यरत २३ वर्षीया डा। निमा पुनले जितेकी छिन् ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार भएको प्रतियोगितामा आफ्ना ३० प्रतिस्पर्धीलाई उछिन्दै डा. पुनले शीर्ष उपाधिका साथ एक लाख रुपैयाँ पुरस्कार पनि प्राप्त गरेकी छन्।

देशभरका १८ जिल्लाका प्रतियोगीको सहभागिता रहेको प्रतियोगितामा सुनसरीकी २२ वर्षीया स्वरूपा थापामगर फस्ट रनरअप र भोजपुरकी २० वर्षीया सम्झना राई सेकेन्ड रनरअप घोषित भए।
स्वरूपा र सम्झनाले क्रमशः ५० र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। सम्झनाले मिस स्माइलको उपाधि पनि हात पारेकी छन्। नेपाली सौन्दर्य प्रतियोगितामा आफ्नै पहिचान बनाएको मिस मंगोल नेपालको सातौं संस्करणमा पूर्ण लामा, चूडामणि भट्टराई, सुविन लिम्बू, रेखा शाह, हिमाल राई, सिपोरा गुरुङ, रमेशचन्द्र राई, सपना रोकामगर, भरतमणि लिम्बू र मनिका राई निर्णायकका रूपमा रहेका थिए।

प्रतियोगीहरूलाई कोरियोग्राफर रोजिन शाक्यले तीन साता प्रशिक्षण थिएका थिए।प्रतियोगितामा गत वर्षकी प्रतियोगी मेरिना लिम्बूलाई ुप्रिभियस एक्सलेन्स अवार्डु प्रदान गरिएको थियो।

 

About The Author

अन्य समाचारहरु: