
काठमाडौं – बागमती प्रदेश सरकारले चितवनको भरतपुर महानगरपालिकासँग मिलेर गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तत्काल सुरु गर्ने भएको छ ।
चन्दा उठाएर रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले १९ करोड ऋण लागेको भन्दै २ वर्षअघि निर्माणको काम छाडेको थियो । तयसपछि यो रंगशाला अलपत्र बनको थियो ।
मंगलबार भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बागमती प्रदेशको राजधानी हेटौंडा आएर प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसँग वार्ता गरेर रंगशालाको काम अगाडि बढाउने सहमती गरेको प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले जानकारी दिइन् ।
About The Author
Loading...