Thu. Jul 18th, 2024

जनयुद्ध दिवसको नाममा दिएको सार्वजनिक बिदाको निर्णयबाट पछि नहट्ने : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं –प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन १ गते जनयुद्ध दिवसको नाममा दिएको सार्वजनिक बिदाको निर्णयबाट पछि नहट्ने संकेत गरेका छन् ।

बिहीबार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको पुस्तक ‘यात्रा जिन्दगी’ को लोकार्पण गर्दै उनले आफ्नो नेतृत्वमा भएको सशस्त्र युद्धलाई पृथ्वीनारायण शाहको नेतृत्वमा भएको राज्य विस्तारपछिको ठूलो काम भनेका छन् ।

पृथ्वी जयन्तीमा पुस २७ गते कुनै प्रधानमन्त्रीले आँट नगरेका बेला आफूले नै सार्वजनिक बिदा दिएको भन्दै प्रचण्डले त्यसको भने बिरोध नभएको बताए ।

‘मैले यो पटक प्रधानमन्त्री भएपछि पृथ्वी जयन्तीको दिनलाई पनि बिदा दिने निर्णय गराएँ । ‘ धेरै भए प्रधानमन्त्री शान्ति सम्झौतापछि । कुरा त गर्थे तर कसैले आँट गरेका थिएनन् । मैले आँट गरेँ । यो आँट गरेकामा सबैले ठीकै माने, कसैले विरोध गरेनन् । तर मैले अर्को पनि गरेँ जनयुद्ध दिवस भनेर त्यसको चाहिँ अहिले निकै ठूलो टीका टिप्पणी हुने गरेको छ’, उनले भने ।

नेकपा एमालेले फागुन १ गते नेपालमा हिंसा सुरु भएको भन्दै त्यस दिन बिदा दिनु उचित नहुने भन्दै विरोध गर्दै आएको छ । सत्ता साझेदार नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पनि जनयुद्ध दिवसको नाममा बिदा दिनु बेठीक भन्दै आएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: