Mon. Dec 4th, 2023

काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा धादिङका एक जनाको मृत्यु

धादिङ-काठमाडौंको स्वयम्भुमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धादिङका एक जनाको मृत्यु भएको छ ।


धादिङको ज्वालामुखी गाउँपालिका–२ घर भई हाल काठमाडौं बानियाँटार बस्ने २५ वर्षीय सुजन तामाङ रहेको प्रहरीले जनाएको छ । बागमती प्रदेश ०२–०४४ प १७६८ नम्बरको मोटरसाइकलमा सवार तामाङलाई काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्वयम्भू चमतीस्थित सडकमा प्रदेश ३ –०१–२३ च ०४७० नम्बरको गाडीले ठक्कर दिएको थियो ।

मोटरसाइकलमा सवार अर्का धादिङका विक्रम तामाङ भने सामान्य घाईते भएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: