Mon. Apr 29th, 2024

भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा काम भइरहेको छ : मन्त्री शर्मा

काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमलगायत जिल्लामा पालिकाको सहमतिका आधारमा एकद्वार प्रणालीमार्फत राहत वितरण भइरहेको बताएको छ ।

नेपाल सरकारद्वारा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज शुक्रवार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता शर्माले सङ्घीयताको असली मर्मअनुरूप पालिका पहिलो पङ्क्तिमा रहेर उद्धार र राहत कार्यक्रम भइरहेको जानकारी दिए ।

मन्त्री शर्माले भूकम्प गएको भोलिपल्ट बिहानै प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुगेर निर्देशन दिएअनुरूप तत्काल आवश्यक समन्वयका साथ उद्धार काम प्रभावकारीरूपमा भएको बताए । उनले भने, ‘राहत र उद्धारमा जे गर्न सकिन्थ्यो त्यो कार्य भइरहेको छ, राहत र पुनःस्थापनाका विषयमा आएका गुनासालाई सरकारले गम्भीरताका साथ लिएको छ ।’

विगतको भूकम्पको घटनाबाट पाठ सिकेर पालिकाको अगुवाइमा सर्वदलीय सहमतिका आधारमा एकद्वार प्रणालीका आधारमा राहत वितरणको व्यवस्था गरिएको जनाउँदै मन्त्री शर्माले जात, समुदाय, भूगोल नभई आवश्यकताका आधारमा राहत वितरण भइरहेको बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: