Mon. Sep 16th, 2024

धादिङमा पनि विश्व मधुमेह दिवस मनाइयो


धादिङ– धादिङमा विविध कार्यक्रमको आयोजना गरी विश्व मधुमेह दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय धादिङ, तिलगंगा सर्जिकल आँखा केन्द्रको आयोजनामा र धादिङ अस्पतालको सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो ।


शुक्रबार विहान धादिङबेशी बजारमा ¥यालीसहित मधुमेह रोगबाट बच्ने उपायका विषयमा सरोकारवाला निकायसँग छलफल कार्यक्रम गरिएको हो । जोखिम बुझौं, सजकता अपनाऔं भन्ने मर्मसहित मधुमेह रोगको विषयमा जानरकारी दिइ न्यूनिकरण गर्ने उद्देश्यले विविध कार्यक्रमको आयोजना गरी दिवस मनाइएको स्वास्थ्य कार्यालय धादिङका निमित्त प्रमुख अनन्त शर्माले बताए । सन् २००६ देखि आजको दिनलाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्र सङ्घले पनि आधिकारिकता दिएको छ । हाम्रो जीवनशैली र वंशाणुगत कारणले पनि मधुमेह रोग देखिने गर्दछ । तर ठूला समस्या भएपछि मात्र स्वास्थ्य संस्था आउने हुदा उपचारमा समस्या देखिने गरेका छन् । नियमित स्वास्थ्य परिक्षण गर्ने बानी बसाल्ने हो भने यस्ता रोगको उपचारमा सहता हुन्छ ।
मधुमेह वा डायबिटिजलाई हामीले बोलीचालीको भाषामा चिनी रोग वा सुगर पनि भनेर चिन्छौं । विश्वमा अहिले ४६ करोडभन्दा बढी मानिसमा यो रोग देखिएको छ । नेपालमा पनि ८ प्रतिशतसम्म मानिसमा डायबिटिज भएको हुनसक्ने चिकित्सकह? बताउँछन् । उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिन पनि १४ नोभेम्बरमा नै हो । सर बान्टिङ र चाल्र्स बेस्टले सन् १९२२ मा पहिलो पटक संयुक्त रूपमा मधुमेह वा डायबिटिजको उपचारका लागि इन्सुलिनको आविष्कार गर्नुभएको थियो । त्यसैले १४ नोभेम्बरमा मधुमेह दिवस मान्न थालिएको हो ।
मधुमेह समयमा नै थाहा भयो र यसलाई नियन्त्रणमा लिन सकियो भने यसका कारण हुनसक्ने विभिन्न गम्भीर रोगबाट बच्न सकिन्छ । मिर्गौला, कलेजो, मुटु, आँखालगायतका हाम्रा महत्वपूर्ण अङ्गमा ठुलो असर गर्न सक्ने भएकाले मधुमेहबाट समयमा नै बच्नु पर्ने तिलगंगा सर्जिकल आँखा केन्द्रका वरिष्ठ अधिकृत क्लष्टर लिड रामसिंह तामाङले बताउनुभयो । उहाँले भन्नुभयो– ‘समयमा नै चिकित्सकसँग सल्लाह गरेर आफ्नो स्वास्थ्य परीक्षण गर्ने आँखा, मधुमेह र अन्य रोगबारे जानकारी लिएर समयमै उपचार गर्न सके उपचारमा पनि सहज हुन्छ ।रोगले पनि विकराल रुप लिदैन ।’


‘हामीले बजारमा पाइने जङ्क फुड, रक्सी तथा चुरोट पनि नछोड्ने हो भने मधुमेह सन्तुलनमा आउन निकै गाह्रो हुन्छ । त्यसो त धेरै जङ्क फुड खाने, चुरोट र रक्सी सेवन धेरै गर्नेहरूलाई हृदयाघातको सम्भावना पनि बढी हुन्छ’, धादिङ अस्पतालका डाक्टर दिनेश रेग्मी भन्नुहुन्छ– ‘खाने कुरामा हामीले सकेसम्म कार्बोहाइड्रेट खानु हुँदैन । जस्तो कि हामीले दैनिक खाने भातमा कार्बोहाइड्रेट निकै धेरै हुन्छ । अनि योसँगै हामीले खाने तरकारीमा आलु राखिएको छ भने त यो झन् खतरनाक हुन्छ । क्यान जुसहरू र रातो मासु नखानु राम्रो मानिन्छ ।’
कार्यक्रमकै अवसरमा ५७ जनाले मधुमेह परिक्षण गरेका छन् । परिक्षण गरिएका मध्ये एक जनामा चिनीको मात्रा बढी देखिएको स्वास्थ्य कार्यालय धादिङका सुचना अधिकारी तोया छत्कुलीले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: