Mon. Dec 4th, 2023

नेपाल संवतलाई सरकारकको दस्ताबेजमा लेखिनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ –प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्ने बताएको छ ।

साहित्यकार पद्यरत्न तुलाधरको पाँचौं स्मृति दिवसको अवसरमा आज काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल संवत् नै राष्ट्रिय संवत् भएकाले सरकारको दस्ताबेजमा लेख्न आवश्यक भएको बताएको छ ।

प्रधानमन्त्री प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा नेपाल संवतलाई राष्ट्रिय संवतका रुपमा मान्यता दिएको बताउँदै अब राष्ट्रिय संवत् भनेर मात्रै नपुग्ने पनि उल्लेख गरे। त्यसका लागि व्यवहारमा कार्यान्वयन गर्नु पनि उत्तिकै आवश्यक रहेकोमा प्रचण्डले जोड दिए ।

About The Author

Loading...

अन्य समाचारहरु: