Thu. Jul 18th, 2024

मेनुका पौडेललाई इण्डियन आइडलको मंचमै फिल्मको अफर

काठमाडौं –इण्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपाली गायिका मेनुका पौडेललाई फिल्मको अफर आएको छ । उक्त शोको दिपावली विशेष एपिसोडमा एक गेस्टले उनलाई फिल्ममा अभिनय र गायनको प्रस्ताव राखेका हुन् ।

मेनुकाको गायकीबाट प्रभावित भएर उनले इण्डियन आइडलको स्टेजमा भनेका छन्( एउटा फिल्म जो जुन लामो समयदेखि बनाउने तयारी छ । एक गायिका जसले आफ्नो स्वरबाट सबैको मन जित्छिन् र देख्न सक्दिनन् । त्यो फिल्म ‘लभ एट फस्ट साउण्ड’को कथावस्तुमा आधारित हुनेछ ।’

इण्डियन आइडलको मंचमै फिल्मको प्रस्ताव आएपछि मेनुकालाई दिपावलीको राम्रो उपहार मिलेको भन्दै प्रशंसा भैरहेको छ । फिल्मको प्रपोज भएपछि जज् पनि खुशि भएर ताली बजाएका छन् ।

कतिपय भारतीय संचारमाध्यमले लता मंगेशकरको आवाजसँग मेनुकाको आवाजलाई पनि तुलना गरिरहेकी छन् । अहिले उनी टप १५ मा प्रतिस्पर्धा गरिरहेकी छिन् ।

About The Author

Loading...

अन्य समाचारहरु: