
काठमाडौं – कलाकार रमेश दुलालले काग तिहारको अवसरमा शनिबार बिहान रत्नपार्कमा काग सम्मेलन गरेका छन् । यमपञ्चकको पहिलो दिन उनले बिहान ६ बजे रत्नपार्कमा कागको बथान बोलाए ।
१७३ जीवजनावर तथा चराचुरुङ्गीको आवाज निकाल्न सक्ने खुबी भएका उनले प्रत्येक वर्षको काग तिहारमा काग सम्मेलन गर्दै आएका छन् । ४० मिनेटसम्म कागलाई बोलाएका थिए । कागको बथान रत्नपार्कमा झुम्मिए ।
