Mon. Jan 13th, 2025

काठमाडौंमा अरिजित सिंहले दर्शकलाई चार घण्टासम्म झुमाए

काठमाडौं –चर्चित भारतीय गायक अरिजित सिंहले शनिबार बेलुका काठमाडौंमा चार घण्टा लामो प्रस्तुति दिएका छन् । चावहिलस्थित हायात रिजेन्सीको ग्राउण्डमा अरिजितको कन्सर्ट हेर्न १० हजार नेपाली दर्शक सहभागी रहेको आयोजकले जनाएको छ ।

खुट्टाको असहजताबीच उनले लगातार प्रस्तुति दिए । उनका हिट बलिउड गीतमा नेपाली दर्शक झुमे । ‘यो मेरो पहिलो नेपाल भ्रमण हो । यहाँ उपस्थित सबैलाई धन्यवाद,’ यति बोल्दै उनले प्रस्तुति दिन थालेका थिए ।

त्यसपछि उनले ‘केसरिया तेरा’, ‘जो तुम ना हो’, ‘बेखयाली’, ‘प्यार झुठा था तो’, ‘केहेते हे खुदा ने इस’, ‘अगर तुम साथ हो’, ‘ए दिल हे मुस्किल’, ‘तेरा प्यार मे’, ‘घुंगरू टुट गए’सहित हिट गीत गाए ।

बीचमा उनले नेपाली फ्यानलाई अटोग्राफ समेत दिए । उनको अटोग्राफ माग्न हायातको चौरमा लुगाको थुप्रो लागेको थियो । चिसोको पर्वाह नगरी फ्यानले अटोग्राफ लिन लुगा फुकालेका थिए ।

About The Author

अन्य समाचारहरु: