धादिङ – अरिंगालको गोला पोलेर खाने क्रममा धादिङमा एकजनाको मृत्यु भएको छ ।
घर नजिकैको रुखमा रहेको अरिंगालको गोला पालेर खाने क्रममा नीलकण्ठ नगरपालिका ४ बिमिरेका ३९ वर्षीय हरिबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
आइतबार अपरान्ह गोला खसाल्न रुख चढेका श्रेष्ठमाथि अरिंगालले चिलेको थियो । उनको उपचारका लागि काठमाडौँ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।