Sat. Jul 20th, 2024

सप्तरीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

gunslinger_011112
१ भदौ, सप्तरी – सप्तरीको भारदहमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । मंगलबार सप्तरीको भारदहमा प्रहरी र आन्दोलकारीबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा स्थानीय राजीव रौतको मृत्‍यु भएको हो । उनको मृत्युपछि स्थानीय त्रसित भएका छन् ।

दोहोरो झडपमा संघीय समाजवादी जिल्ला अध्यक्ष दिनेशकुमार यादवसहित १५ जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेहरुलाई सगरमाथा अन्चल अस्पताल र विराटनगरमा उपचारका लागि पठाइएको छ ।

नयाँ संविधानको मस्यौदामा असन्तुष्टि जनाउँदै मधेसी मोर्चाले सप्तरीमा तीन दिनदेखि बन्द गराउँदै आएको छ । पूर्वपश्चिम राजमार्ग अबरुद्ध गरेर बसेकाहरुलाई हटाउने क्रममा विहानैदेखि झडप भएको थियो । प्रदर्शनकारीले प्रहरीको एउटा भ्यान तोडफोड गरेका छन् । रोकिराखेको ट्रकमा आगजनीको प्रयास समेत गरेपछि बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ ।
सो क्रममा प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ । अहिले पनि सप्तरीको भारदह खण्ड अबरुद्ध छ । सोमबार राति पनि प्रहरी र प्रदर्शनकारीबीच सो स्थानमा झडप भएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: