Wed. Jul 24th, 2024

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँ तोकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघले जनाएको छ । यसअघि ११ कात्तिकमा सुनको मूल्यले प्रतितोला एक लाख १७ हजार रुपैयाँको उच्च रेकर्ड बनाएको थियो ।
आइतबार सुन प्रतितोला एक लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार ५०० रुपैयाँ बढेर उच्च मूल्यको रेकर्ड बनेको हो ।

About The Author

Loading...

अन्य समाचारहरु: