काठमाडौं – उत्तरकोरियाले एउटा जासुसी उपग्रह प्रक्षेपण गरेपछि कोरिया प्रायद्वीपमा तनाव उत्पन्न भएको छ ।
यसै सिलसिलामा उत्तरकोरियाले दक्षिण कोरियासँगको सन् २०१८ को सम्झौताअन्तर्गत हटाइएका सुरक्षा चौकी पुनःस्थापना गर्नका लागि उसको दक्षिणी सीमामा सेना पठाएको सोलको सेनाले सोमबार बताएको छ ।
प्योङयाङले हालै सुरक्षा चौकीहरू पुनःस्थापना गर्नका लागि सशस्त्र कर्मचारी र उपकरणहरू पठाएको एक सैन्य अधिकारीले एएफपीलाई सोमबार बताएका छन् ।