काठमाडौं – नेपाल धितोपत्र बोर्डले समयमै वित्तीय विवरण नबुझाएका सूचीकृत ८८ कम्पनीलाई कारबाही गरेको छ ।
बोर्डले आर्थिक वर्ष २०७९र८० को चौथो त्रैमासिक विवरण ढिलो बुझाउने तथा नबुझाएका संस्थाहरुलाई कारबाही स्वरुप जरिवाना तिराइएको अध्यक्ष रमेश हमालले बताए ।
‘बोर्डको इतिहासमै पहिलो पटक यति धेरै सूचीकृत कम्पनीलाई कारबाही भएको हो, वित्तीय विवरण बुझाउन एक दिन ढिला भएका कम्पनीलाई पनि जरिवाना तिराएका छौं,’ हमालले अनलाइनखबरसँग भने ‘योसँगै अब १ दिन पनि ढिला वित्तीय विवरण बुझाउनेलाई कारबाही गर्नेगरी सिस्टम बसालिएको छ ।’
कारबाही गरिएका ८८ कम्पनीमध्ये ६९ कम्पनीले ढिला वित्तीय विवरण बुझाएका थिए ।